इजरायल युद्धका कारण नेपाली श्रमिक तत्काल नपठाइने

काठमाडौँ । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी (सरकार-सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रूपमा इजरायल जाने २ हजार ११२ जना…