काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ । सभामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । सञ्चालक समितिको ११ असारमा बसेको बैठकले बोनस तथा नगद लाभांश साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो…