काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ…