काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो…