नेपाल एयरलाइन्सले रुम्जाटार सातामा दुई उडान भर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले ओखलढुंगाको रुम्जाटार विमानस्थलमा आउँदो आइतबारबाट सातामा दुईवटा उडान भर्ने भएको छ । ‘नेपाल एयरलाइन्सले सातामा एउटा उडान भर्ने गरेको थियो, यो साताबाट दुईवटा उडान भर्ने कार्यतालिका छ,' नेपाल एयरलाइन्सका रुम्जाटार स्टेशन इन्चार्ज लोकेन्द्र चन्दले भने, ‘यो साताबाट नेपाल एयरलाइन्सले प्रत्येक आइतबार र बुधबार उडान भर्नेछ ।’ यात्रु बोकेर जहाज काठमाडौंबाट बिहान…