म्याग्दी । शरदयाम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ । मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ । अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन् । दसैं-तिहारको बिदामा…