हिमाल चढ्न हिँडे आरोही, २३ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरू गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन् । पर्यटन विभागका अनुसार वसन्तऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४…