काठमाडौँ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी 'प्रदुषणरहित सुन्दर सहर' भन्ने नाराको साथ ‘ई–ड्राइभ नेपाल’ मोबाइल एप सार्वजनिक भएको छ । नेपाली सफ्टवेयर इन्जिनियरहरुको समूहले पहिलोपटक निर्माण गरेको ‘ई–ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल एप सार्वजनिक भएको हो। काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाई व्यवस्थापन गरि सफ्टवेयरमार्फत ग्राहकलाई सहज सेवा दिन शुरु गरिएको ई–ड्राइभ नेपालका…