तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । “हप्ताको दुई/तीन दिन चिनियाँ पर्यटक करिब पाँच/छ सयका दरले आउने गरेका छन्”, उनले भने,…