मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत रु दुई करोड ५० लाख…