रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : ओली

धादिङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन् । एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको…