काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरणको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । १६२ यात्रु सवार फ्लाई दुबईको विमानमा आगलागी भएको हो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि विमानलाई आकस्मिक अवतरण गराउने प्रयास भइरहेको छ । सहप्रवक्ता ज्ञानेन्द्र भूलले भने, ‘अहिले उक्त विमानलाई २८ हजार फिटमाथि होल्ड गरिएको…