दुई कम्पनीलाई ‘फ्लाइङ स्कुल’ सञ्चालन गर्न दिने निर्णय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई कम्पनीलाई ‘फ्लाइङ स्कुल’ खोल्न दिने निर्णय गरेको छ । आइतबार उक्त निर्णय भएको मन्त्री सुदन किरातीले जानकारी दिएका छन् । उनका अनुसार शुभम् एभिएसन प्रा.लि. र चन्द्र सूर्य एभिएसन प्रा.लि.लाई ‘फ्लाइङ स्कुल’ खोल्न इजाजत प्रदान गरिएको हो । यी कम्पनीले वर्षाैदेखि मन्त्रालयमा प्रस्ताव पेस गरेका थिए…