काठमाडौँ । भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट बिहीबार जनकपुरधाम आउने भएको छ। रेल करिब ६०० पर्यटक लिएर बिहीबार जनकपुरधाम आइपुग्न लागेको हो। वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले भारतीय समयअनुसार रेल मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट छुटेको हो। भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले मंगलबार संयुक्त रूपमा दिल्ली रेल्वे स्टेसनमा रेल सेवा उद्घाटन गरे।…