काठमाडौं । ‘जनपक्षीय विद्यार्थी युनियन, नेपाल’ नामक संगठनले आह्वान गरेको शैक्षिक हडतालका कारण सोमबार काठमाडौँ उपत्यकाको पठनपाठनमा आंशिक प्रभाव परेको छ । शैक्षिक क्षेत्रमा खासै नाम नसुनिएको संगठन भए पनि सुरक्षा संवेदनशीलता र सम्भावित तोडफोडको त्रासका कारण राजधानीका थुप्रै निजी विद्यालयहरूले पठनपाठन स्थगित गरेका छन् । सोमबार बिहानैदेखि कतिपय विद्यालयले अभिभावकहरूलाई सन्देश पठाउँदै र सूचना…