काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने बताएका छन् । गत असार ४ गते मन्त्रिपरिषद्मा पेस गरिएको विधेयक त्यहाँबाट स्वीकृत हुन बित्तिकै संसद्मा पेस गर्ने उनले बताए । मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले…