शिक्षा विधेयक संघीयता विरोधी छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा‍. सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक २०८० संघीयता विरोधी भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै राउतले विधेयक संघीयता विरोधी देखिएको बताएका हुन् । उनले विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि माग गरे । 'अहिलेको विधेयक संकीर्ण छ ।…