शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । संसदको शिक्षा समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले विधेयक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उक्त विधेयक बिहीबार समितिबाट पास भएको थियो । विधेयक प्रतिवेदन पेस गर्दै समिति सभापति थापाले विधेयक पास गर्न अहोरात्र खटिएका समिति सदस्य, कर्मचारी र सरोकारवाला निकायहरूलाई…