शिक्षा समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग छलफल गर्न बाँकी नै रहेको भन्दै सोमबारको बैठकमा समिति बैठक स्थगितको प्रस्ताव गरेका थिए भने मन्त्रीको उक्त प्रस्तावमा सांसदहरूले विरोध जनाएका थिए ।…