प्याब्सनको अल्टिमेटम : माग सम्बोधन नगरिए साउन २९ देखि आन्दोलन

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा विधेयकबाट ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउन माग गरेको छ। प्याब्सनका पदाधिकारीहरूले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्ण छात्रवृत्ति शब्द पनि विधेयकबाट हटाउनुपर्ने र हालको १० प्रतिशत छात्रवृत्ति प्रावधान निरन्तरता दिइनुपर्ने आग्रह गरेका छन्। उनीहरूको अनुसार, छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक र मासिक पढाइ…