विश्वविद्यालयहरूले तीन महिनाभित्र परीक्षाफल प्रकाशित नगरे अनुदान रोक्का गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् तीनबुँदे निर्देशन दिएका हुन् । "केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा…