काठमाडौँ । फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ । फिल्मको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा…