काठमाडौ । चितवनमा जापानिज इन्सेफ्लाइटिसको कारण पछिल्लो तीन सातामा चार जनाको मृत्यु भएपछि नागरिकस्तरमा सन्त्रास बढेको छ । सक्रमणबाट एक दर्जन बढी व्यक्तिको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जापानिज इन्सेफ्लाइटिस संक्रमणको ३० प्रतिशतसम्म मृत्युदर रहेको र बाँचेकामा पनि जीवनभर कुनै न कुनै समस्या रहने गरेकोले अत्यन्तै सजग रहन चिकित्सकले सुझाव दिएका छन ।…