११औं सुरक्षित गर्भपतन सेवा दिवस: कानूनी सुधार र सेवा विस्तारको माग

काठमाडौँ । सुरक्षित गर्भपतन सेवाको पहुँच, स्वीकार्यता र निरन्तरतामा अझै चुनौती कायम रहेको भन्दै महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले सरकारले कानूनी सुधार, सेवा विस्तार र प्रभावकारी कार्यान्वयनका लागि तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्। नेपालमा २०५९ साल असोज १० गते मुलुकी ऐनको ११औं संशोधनमार्फत गर्भपतनलाई कानूनी मान्यता दिइएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष…