नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ । बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना…