चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकामध्ये १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । साउनको बितेका १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन् भने ६ जना…