बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको छ । उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ । बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र…