कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगविहीन

काठमाडौँ । कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए । उनका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरीकन उपलब्ध गराएका थिए । महाशाखाको आपूर्ति…