काठमाडौं । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण…