भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । हिजो बसेको मन्त्रिपरिषदबाट भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका तीन सय जना भन्दा धेरै कर्मचारी गठन आदेशबिना नियमावली…