काठमाडौँ । क्यान्सर उपचारमा अत्यावश्यक मानिने औषधि सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन देशका ११ वटा तोकिएका स्वास्थ्य संस्थामार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ। औषधि व्यवस्था विभागले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार यी इन्जेक्सनहरू क्यान्सर बिरामीहरूको उपचारका लागि आवश्यक परेमा सम्बन्धित स्वास्थ्य संस्थाबाट सहज रूपमा उपलब्ध गराइनेछ। विभागका अनुसार औषधि लिनका लागि चिकित्सकद्वारा जारी गरिएको सक्कल पुर्जा लिएर…