नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंगिने दाबी गरेका छन् । बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षणपछि अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंग्याउने बताएका हुन् । पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरुलाई…