काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको राष्ट्रपति कार्यालयले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको छ…