काठमाडौंमा खानेपानीकाे नयाँ बिछ्याइएका पाइपलाइनको परीक्षण पूरा

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण शुरू भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले पाइपलाइनको परीक्षण शुरू गरेको थियो । मेलम्ची उपआयोजना–२ अन्तर्गत बिछ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी…