बाँके । राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासी चिन्तित भएका छन् । विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसकेकाे छ, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ । राप्ती सोनारी गाउँपालिका–७ खल्लाझगडियाका शङ्कर यादवले ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षाकाे समयमा राम्ररी निदाउन पनि…