पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको जुलुस इस्लामाबाद नजिकै पुग्यो

काठमाडौं । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद प्रवेश गर्ने नाकामा पुगेको छ । सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबादको ढोकैमा पुगेका समाचार संस्था एएफपीले जनाएको छ । पीटीआईका कार्यकर्ताले सबै खालका अवरोध तोड्दै अघि बढिरहेका…