काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपदबाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्ने बताएका हुन् । “डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको…