काठमाडौं । एमाले नेता एवं सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगीमा मुछिएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार बरालसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । उक्त सहकारीको सञ्चालक समिति सदस्यसमेत रहेका बराल सहकारी ठगीमा संलग्न रहेको…