काठमाडौं । नेपाली राजदूतावास कायरो, इजिप्ट सर्वोच्च सांस्कृतिक परिषद् र राष्ट्रिय बाल संस्कृति केन्द्रद्वारा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागितामा आइतबार कायरोमा नेपाल–इजिप्ट सांस्कृतिक महोत्सव आयोजना गरियो । कायरोस्थित सैयदा जयनबस्थित बाल उद्यानमा आयोजित कार्यक्रम विद्यालयस्तरीय कला प्रतियोगितामा भाग लिने इजिप्सियन बालबालिकाले चित्रकला तथा काष्ठकलाका माध्यमबाट नेपालको विविधतापूर्ण प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदाको चित्रण गरेका दूतावासले…