नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ७ का अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष मनसोभा बुढा, प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडाध्यक्ष दलबहादुर विश्वकर्मा, गाउँपालिकाका सब–इन्जिनियरहरू अमर शाही र अनिलकुमार विष्ट, कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी…