गोरखाको १२ किलोमा रोकिएको बस पल्टियो, १ जनाको अवस्था गम्भीर

गोरखा । गोरखाको १२ किलो भन्ने ठाउँमा आज दिउँसो बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिए । ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो । आँबुखैरेनी- ९ गोरखा सडक खण्डको १२ किलो भन्ने स्थानमा…