इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो । पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको…