काठमाडौं । काठमाडौंको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिका–२२ ले सोमबार पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई सोमबार पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले राससलाई जानकारी दिए । उनले भने, 'वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ…