लन्डन । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए । कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताएका थिए । यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले…