काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरे । “उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना…