काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालका सम्झना खड्काले अर्धशतक बनाएकी छन् । टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनले ८ चौकाको मद्दतमा ५० रन बनाएकी हुन् । सम्झनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो अर्धशतक प्रहार…