ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा भेटवार्ता भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा उनीहरुबीच भेट भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाई खुसी लागेको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्,“कोप–२६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुसी…