ललितपुरको दक्षिणी भेग सडक, बिजुली र सञ्चार सम्पर्कविहीन

ललितपुर । गएको बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण ललितपुरको दक्षिणी भेगका तीन वटा पालिकाका सडक, बिजुली र सञ्चार सम्पर्कविहीन भएका छन् । विपत्तिका कारण महाङ्काल, बाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका स्थानीयवासीले जनधनको क्षति व्यहोर्नुपरेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले जानकारी दिए । उनले लेले–चन्दनपुर सडक, मध्यमार्गी…