काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वकै धनाढ्य एलन मस्कसँग भर्चुअल कुराकानी गरेका छन्। सामाजिक सन्जाल फेसबुकमा तस्बिर पोस्ट गर्दै ओलीले आफूले मस्कसँग भिडिओ कुराकानी गरेको जानकारी दिए । ओलीले आफूहरुबीच भएको कुराकानीबारे विस्तृतमा खुलाएका छैनन् । मस्कको कम्पनी स्टारलिंकले नेपालमा स्याटलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको समाचार आएको थियो । ओलीले शुक्रबार राति…