नेपाली श्रमिकलाई इजरायल नपठाउन प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौं । नेपाली श्रमिकलाई युद्धग्रस्त देश इजरायल नपठाउन भन्दै विभिन्न संघसंस्थाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाएका छन् । मानवताका मापदण्ड उल्लङ्घन, संयुक्त राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलना तथा नेपाली नागरिकलाई जोखिममा पार्ने गरी कामदारका रूपमा युद्धरत इजरायलमा पठाउन नेपाल सरकारले आह्वान गरेकाे सूचना रद्द गर्न पत्रमार्फत माग गरिएकाे छ । हालै इजरायलका लागि…