जर्मनीको युरोकपमा विजयी शुरुवात

जर्मनीले युरो कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए…